विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै

विराटनगर- विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ ।

जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ४५८ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाका–१, ३, ४ र १४ को वडाध्यक्षमा एमाले र वडा नं ५ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । महानगरको वडा नं ६, ८, ९, १०, ११ र १२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.