विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी

मोरङ- प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्नुभएको छ । नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गर्नुभएको छ । शिल्पा निराला कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा वडाध्यक्ष, नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष, जनता समाजवादी पार्टी २ वटा वडाध्यक्ष, एउटामा राप्रपाले र एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.