भैरवीका जनप्रतिनिधिले कार्यकक्षमा टाँसे प्रतिवद्दताको तमसुक

दैलेख- स्थानीय तहको निर्वाचनमा निर्वाचित भैरवीका जनप्रतिनिधिहरूले निर्वाचन अघि जनतासँग गरेको तमसुक आफ्नो कार्यकक्षमा टाँसेका छन् ।

भैरवी गाउँपालिकामा नेपाली काँग्रेसबाट रिता शाही गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष देवी भण्डारी निर्वाचित हुनुभएको छ । चुनाव अघि गरेको तमसुक हुबहु कार्यान्वयन गर्ने भन्दै जनतामाझ पुनः प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो कार्यकक्षमा टाँसेको उहाँहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रिता शाहीले तमसुक पढ्दै भैरवीको समग्र विकासका लागि आफूले एक रुपैयाँ पनि घुस नखाने, जनता माझ गरेको करारनामा अनुसार कामको योजना निर्माण गर्दै काम गर्ने र काम गर्न नसकेको खण्डमा राजीनामा दिने बताउनुभयो ।

समाजमा सुशासन हराउँदै गएको छ, भ्रष्टाचार बढेको छ, स्थानीय तहको विकासमा भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे बनाउने र विभिन्न बहानामा प्रभावकारी काम नहुने जस्ता समस्याहरू समाधान गर्नका लागि जनकरारपत्र तयार गरिएको थियो । निर्वाचित जनप्रतिनिधिहरू नगरिकहरु प्रति जबाफदेही बनुन् भनेर यस्तो अभियान थालिएको र सोही अनुसार सहिछाप सहितको जनकरार पत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाको सेवा जनमुखी, सुलभ, सहज बनाउँदै कार्यपालिकामा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नभएको स्थानीय सरकारको संरचनालाई विना काम दलीय भागबन्डामा विभाजन हुन नदिने गरी करारनामा गरिएको भए पनि यसअघि २०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष विजयी भएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.