काठमाडौं उपत्यकाभित्रको फोहोर बन्चरेडाँडामा खसाउन सुरु

 

काठमाडौं- काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाडाँतर्फ पठाइएका छन् ।

सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गर्नुभएको थियो ।

हाल काठमाडौं र ललितपुरबाट एक सय वटा ट्रक फोहोर बन्चरेडाडाँमा खसाइएको बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिनुभयो । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उहाँले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.