यात्रुवाहक बस पुलबाट तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु
रुपन्देही- जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्याइएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।-






प्रतिक्रिया राख्नुहोस्