कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित

काठमाडौँ- मानवअधिकार तथा शान्ति समाजले संस्थापक सभापति एवं मानव अधिकारवादी नेता कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्मुखी, जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी स्वरुपमा समाज क्रियाशील छ । पहाडीका कविता पनि त्यसै चेतले निर्दिष्ट छन् ।

संस्थापक सभापति पहाडीको यो ३०औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष, कुनै तारा र ग्रहको बारेमा रहेको समाजका सभापति गोविन्द खनालले राससलाई जानकारी दिनुभयो । कुनै कविता मृत्युकालीन अवस्थाको बारेमा छ, कुनैमा मृत्युपश्चातको कल्पनातीत अनुभूति चित्रित गरिएको छ । कहीँ अनन्तको बारेमा त कतै अन्त्यको बारेमा केन्द्रित कविता पनि छन् ।

अधिकांश कविता जीव, जगत् र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविता विज्ञानका बारेमा छन् । कुनै गहिरो ज्ञानका बारेमा छन् । समग्रमा समाजका संस्थापक सभापति पहाडीद्वारा लिखित यो कविता सङ्ग्रह पृथक छ ।

शान्ति समाजका दुई सदस्य-शुभचिन्तकको सहयोगमा प्रकाशित पुस्तकको मूल्य रु २०० रहेको छ । पुस्तक बिक्रीबाट हुने सम्पूर्ण आम्दानी समाजको केन्द्रीय कार्यालय भवन खरिद-निर्माणमा लगाइने पनि उहाँले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.