अध्यक्ष नेपालद्वारा बैठकमा प्रतिवेदन प्रस्तुत

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्नुभएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेस प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुभएको सो बैठकमा पार्टी उपमहासचिव डा विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो । बैठक आज बिहान ११ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.