विनियोजन विधेयक पारित

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैनः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”

उहाँले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पार्नुभयो । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ ।”यस्तै, अर्थमन्त्रीले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.