पाल्पाको निस्दीमा २७ जना असल बुहारी सम्मानित

पाल्पा- पाल्पाको निस्दी गाउँपालिकाले असल बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले वडा नं.४ , मित्यालका २७ जना असल बुहारीलाई सम्मान गरेको हो ।

पछिल्लो समय ग्रामीण बस्तीमा युवापुस्ता नबस्ने समस्या रहेको समयमा यहाँ बुहारीले परिवारको जेष्ठ नागरिक तथा सासु, सासुरालाई राम्रोसँग हेरचाह गरेको भन्दै उनीहरुलाई सम्मान गरेको निस्दी गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष सन्तवीर सुनारीले बताउनुभयो ।

सम्मानित असल बुहारीहरुलाई कपडा र सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पछिल्लो समय धेरै बुहारीहरु गाउँ छोडेर शहर झर्ने प्रवृत्ति बढेको बताउनुहुँदै समाजमा असल बुहारीको खाँचो रहेको बताउनुभयो । यसरी गाउँमै बसेर परिवार र समाजका लागि सहयोग गर्ने बुहारीहरु उदाहरणको पात्र भएको हुँदा स्थानीयले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.