राजनीतिक अस्थिरताका कारण मुलुक गम्भीर आर्थिक संकटमा : चन्द

अछाम– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चंन्द विप्लवले नेपालमा राजनीतिक अस्थिरताका कारण मुलुक गम्भीर आर्थिक संकटमा फसेको बताउनु भएको छ ।

जनभेटघाट कार्यक्रममा अछाम सदरमुकाम मंगलसेनमा पुग्नु भएका नेता चंन्दले नेपालको आर्थिक तथा राजनीतिक संकटको फाइदा उठाउँदै वैदेशिक चलखेल समेत बढिरहको बताउनुभयो । उहाँले नेपालमा दलाल पुँजीवाद हाबी भएको भन्दै राष्ट्रिय मुद्दा हरुमा सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर कर छली, भ्रष्टाचार र मानव तस्करको विरुद्धमा लड्न राज्यले साझा धारण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संसदीय व्यवस्था समेत सफल नभएको भन्दैै आफ्नो पार्टीले एमसीसी, आइपिएसी र एसपीपीलाई समेत सफल हुन नदिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.