आजदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना खोप

काठमाडौं– पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिइदैछ । देशभरि ३९ लाख बालबालिकालाइ ‘फाइजर बायोएनटेक’ खोप दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले आजदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ ।

विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैलाई खोप लगाउन आग्रह गर्नुभयो । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ ।

खोप लगाएपछि बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको पनि व्यवस्था गरिएको छ । असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण अन्तर्गत ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.