काठमाडौंमा ७ जनालाई हैजा रोग लागेको पुष्टि, सचेत हुन स्वास्थ्यकर्मीको आग्रह

काठमाडौं- काठमाडौंमा ७ जनामा हैजाको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टी गरेको छ।

हैजा फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुन र पानि उमालेर मात्र पिउन तथा बासी सडेगलेका खाना नखान महासाखाले सबैमा अनुरोध गरेको छ ।

गत हप्ताको बिहिबार चटपटे खाएपछि विरामी परेका बागवजारका २ दिदि बहिनिमा आइतबार पहिलोपटक हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हालसम्ममा हैजा संक्रमितको संख्या ७ जना पुगेको महाशाखाको भनाइ छ । हैजाबाट संक्रमित ५ जनाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

टेकु अस्पतालकी निर्देशक मनिषा रावलले उच्च मृत्युदर रहेको हैजाको विरामी बढ्दै गएकाले खानपानमा ध्यान दिनु पर्ने, पानि उमालेर मात्र खान र व्यतिगत सरसफाइमा बिषेश ध्यान दिन डा रावलको सुझाव छ ।

हैजा पनि झाडापखला जस्तै हुने भएपनि चौलानी जस्तै पातालो दिशा लगातार भएमा र मांशापेशी दुखेमा तत्काल अस्पताल जान पनि निर्देशक रावलले आग्रह गर्नुभयो ।

काठमाण्डौको बागवजारमा पहिलोपटक हैजा देखिए पनि हाल कपन, बालाजु बोहोराटार, बल्खु, सानेपा, डिल्लीबजारका विरामीमा हैजा पुष्टी भैसकेको छ ।

हैजाको पुष्टी भएको ठाउबाट पानिको नमुना संकलन गरी परिक्षण गर्दा हैजाको जिवाणु भेटिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुनमलाल दासले जानकारी दिनु भयो ।

बर्षाको समयमा हैजा झाडापखाला लगायतका पानिजन्य रोगको संक्रमण देखिने भएकाले विशेष गरेर खानपानमा ध्यान दिन, खाना खानुअघि र खाना खाइसकेपछि पनि साबुन पानिले हात धुन चिकिसकहरुको सुझाव छ ।

कतिपयले जारको पानि र धाराको पानि सिधै पीउने गरेकाले पानिकै कारण हैजा जस्तै रोगको महामारी फैलने भन्दै जार वा धाराको पानि पनि उमालेर मात्रै पिउन चिकित्सको सुझाव छ । खुल्ला बजार र बाटोमा रहेका खानेकुरा आफु नखान र अरुलाइ पनि नखान सबैले सचेत गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.