पोखरीमा डुबेर दुईजना बालकको मृत्यु

धनकुटा- धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

पोखरीमा पौडि खेल्ने क्रममा धनकुटा नगरपालिका-५ का १५ वर्षिय स्वर्णीम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडि खेल्ने क्रममा पोखरीमा डुबेर दुवैजनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णीम र उदयसँगै गएका धनकुटा नगरपालिका-५ का सन्देश राई भने सकुशल रहेका छन् ।

घरबाट बिहान ६ बजे निस्केर ११ बजे पोखरीमा पुगेको र पौडि खेल्ने क्रममा हराएपछि नजिकै वस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.