डुवानसँगै राजमार्ग भासिने जोखिम बढ्यो

कास्की- शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण पोखरा-२५ हेमजास्थित सुन्दरपुरी क्षेत्रका ३ घरमा पूर्ण तथा अन्य १२ घरमा आंशिक क्षति पुग्नुका साथै त्यहाँका करिव ३ सय बढी घर डुवानमा परेका छन् ।

वर्षासँगैको पहिरोले स्थानीय लक्ष्मी विक, रविना विक र लक्ष्मी घिमिरे विकको घरमा पूर्ण क्षति पुर्‍याएको हो । त्यस्तै अन्य १२ घरमा आंशिक क्षति पुगेको र कतिपय घरहरु जोखिमपूर्ण रहेको छ ।

अहिले पनि त्यहाँ निरन्तर वर्षा भइरहेको छ । डुवान भएको क्षेत्रस्थित मध्यपहाडी लोकमार्ग सडक मुनीबाट पानीले स्वतः स्फुर्त रुपमा निकास खोजेको छ । जसका कारण म्यादीचोक क्षेत्रमा सडक भासिने जोखिम उच्च छ ।

श्रीभद्र शर्मा

हालै लोकमार्ग निर्माण सम्पन्न भएको सो क्षेत्रमा पानीले उचित निकास नपाउँदा सुईखेत ताल जस्तै बन्न पुगेको हो । स्थानीय अम्विका चोकदेखि प्रगतिचोकसम्मको राजमार्ग क्षेत्रमा पहिले ७ वटा कलभर्ट थिए । तिनलाई बन्द गरेर अहिले २ वटा कलभट मात्रै राखिएको छ ।

त्यहीं माथि लोकमार्ग समेत जमिनको सतह भन्दा निकै माथि उठाएर बनाइएका कारण डुवानको समस्या भएको स्थानीयवासीको भनाई छ । त्यस्तै हेमजाको स्थानीय चौरासी नहर ७ ठाउँमा फुट्दा डुवानमा झनै समस्या थपिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.