मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ।

त्यसैगरी मन्त्रिपरिषद्‍मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाउनुभएको छ।

मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएकाे छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.