संविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुन्छ : मन्त्री चौधरी

काठमाडौं- नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

शपथ ग्रहणपछि आज मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताउनुभयो । कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिनुभएको थियो ।

“व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ, सबै जना विधिअनुसार चल्नुपर्छ, जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ, कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन, नियोजित रुपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन”, उहाँले भन्नुभयो ।

सीमान्तकृत वर्गदेखि राष्ट्रपतिसम्मको आवास निर्माण गर्ने, सहरी विकास र सरकारी भवन निर्माणको जिम्मेवारी पाएको मन्त्रालयलाई सही दिशा दिने प्रतिबद्धता मन्त्री चौधरीको थियो ।

मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले आवास तथा बस्ती विकास, सरकारी भवन र सहरी विकासका क्षेत्रमा काम गर्ने गरी मन्त्रालय स्थापना भएको जानकारी गराउनुभयो । मन्त्रालयले सहरी विकास, बागमती सभ्यता संरक्षण ऐन,–२०७९ मस्यौदा गरी अघि बढाउने तयारी गरेको जानकारी पनि उहाँले गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.