बाढीको बितण्डा (फोटो फिचर)

काठमाडौं– तराईका जिल्लाहरुमा गएरातिदेखिको वर्षाले वस्तीहरुले जलमग्न भएका छन् । बाढीले सयौं परिवार विस्थापित भएका छन् ।

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १, मधेस , वागमती , गण्डकी , लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षासँगै बाढी पहिरोको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानमा थप सावधानी अपनाउन विभागले आग्रह गरेको छ । पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी प्रतिकूल मौसमका कारण आन्तरिक हवाइ उडान प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट हुने हवाइ उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण ति स्थानहरुमा हवाई उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.