देशभर बाढी पहिरो

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थान बाढी र पहिरोको चपेटामा परेका छन् ।

बाढीका कारण विभिन्न जिल्लामा मानिसहरु विस्थापित भएका छन् । यसैबीच जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी- ५ को बर्साइनको बर्साइन टोलमा जिता खोलाले करिब पाँच मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यसैगरी वडा नम्बर ७ मा गत वर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर १ तिलाठीमा समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको छ । वडा नम्बर १ र ७ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.