लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनुपर्छ : सभामुख

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनु पर्ने अभिभारा रहेको बताउनुभएको छ ।

‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको उलेख गर्नुभएको छ । सभामुखले संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.