मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्।

मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरुको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए।

मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।
घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्कोस जुनियर जो एक पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि हुन् उनले “एक साथ हामी फेरि उठ्नेछौं” भन्ने नारामा अभियान पनि चलाएका थिए ।

यसैबीच, सम्भावित विरोधका गतिविधिलाई दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी सैनिकहरू र तटरक्षकहरू राजधानी भर सुरक्षाका लागि तैनाथ गरिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.