काभ्रेको भुम्लुमा श्रम अभियान सुरु

काभ्रे- काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ ।

श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज, सुरक्षाकर्मी र राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।

देवराज के.सी.

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान शुरु गरेको बताउनुभयो । गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एकदिन पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताउनुभयो ।

अभियानमा उपस्थित भएकाहरुले पालिकाले यो शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए । गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर श्रम अभियान गर्ने जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.