एसपीपी : परराष्ट्र मन्त्रालयले औपचारिक पत्र पठाएको छैन : प्रवक्ता

काठमाडौं- स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर नगर्ने निर्णय गरेपनि परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा पत्र भने पठाएको छैन ।

परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपी अध्ययनकै क्रममा रहेकोले प्रकृया अघि बढाउने या नबढाउने विषयमा तत्काल पत्र नपठाएको बताउनुभयो । उहाँले सरकारले गरेको निर्णय नै कार्यान्वयन हुने भन्दै गहिरो अध्ययन गरेर मात्र डिप्लोम्याटिक तरिकाले पत्र पठाउने बताउनुभयो ।

त्यस्तै कोरोना संक्रमणका कारण बीचैमा पढाइ छोडेर नेपाल फर्किएकालाइ कुटनीतिक पहलमा ५ जुलाइ २०२२ देखि चीन पठाउन थालिएको बताउनुभयो । उहाँले ८ सय ८५ मध्य २ सय ५० जना पहिलो चरणमा जान लागेको समेत बताउनुभयो ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्रालयले गरेका गतिविधिबारे जानकारी दिदै मन्त्रालयले राहदानी बापत मात्र ३ अर्व १७ करोड ४६ लाख २० हजार रुपैया राजस्व संकलन गरेको बताउनुभयो । विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको र हरेक जिल्लामा एक हप्ता भित्रमै राहदानी दिन थालिएको समेत बताउनुभयो ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका विषयपनि छलफल भइरहेको बताएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.