तिनाउमा भारतीय युवकको शव फेला, एक बेपत्ता

पाल्पा- तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित शिद्धबावा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये भारत उत्तर प्रदेश दोहोरिया गोरखपुर बस्ने वर्ष १८ का नन्दकुमार निसादको शव फेला परेको छ भने सनि कुमार बेपत्ता छन् ।

निसादको शव रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१९, लाफाचउरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.