मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ ।

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीलाई बिदा गर्दै नयाँ नियुक्त गर्नुभएको हो । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएको छ ।

भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई जसपाले फिर्ता बोलाएको थियो ।

गएको साता नेकपा एकीकृत समाजवादीका चार मन्त्री फेरिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.