कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न मङ्गलबार दिउँसो पदाधिकारी बैठक बस्दैछ ।कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्ने भएको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीबारे छलफल हुने बताउँदै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने उल्लेख गर्नुभयो ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने भए पनि अन्य समसामयिक एजेन्डाहरू पनि रहने बताउनुभयो । उहाँले विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने बताउनुभयो ।

सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा कुराकानी हुन्छ । साथै हामीले पार्टीलाई गतिशील बनाउन उठाएका विषयमा पनि केही सरसल्लाह हुने नै छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.