कांग्रेस बैठक अपडेटः गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय सदस्यहरुको जोड

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

सदस्यहरुले भ्रातृ संगठन र विभागहरुलाई तत्काल पूर्णता दिनुपर्ने, आगामी निर्वाचन केन्द्रीत कार्यक्रम तय गरेर गाँउगाँउमा अभियान लैजानुपर्ने धारणा राखेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

आसन्न संघ र प्रदेशको निर्वाचनमा कांग्रेस एक्लैको बहुमत पुग्नेगरी कार्यक्रम निर्माण गरेर गाँउगाँउमा अभियान सञ्चालन गर्नेगरी तयारीमा जुटुनुपर्ने सुझाव सदस्यहरुले राखेको नेता पाण्डेले बताउनुभयो ।

बैठकमा नेताहरुले सरकारको कामकारवाहीमाथि समीक्षा गर्दै सरकारले हतियार किन्न लागेको भन्ने विषयमा प्रश्न गरेपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हतियार किन्ने कुनै योजना नभएको प्रष्ट पार्नु भएको सहमहामन्त्री पाण्डेले बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीहरुले बोल्ने तथा मन्त्रीहरुले जवाफ दिने क्रम बाँकी छ । बैठक भोलि शनिबारका लागि निर्धारण गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.