अन्न निर्यातका लागि रुस र युक्रेनबीच सम्झौतापत्रमा हस्ताक्षर

युक्रेन र रुसले ब्लाक सीको बाटो हुँदै अन्न निर्यात गर्ने सम्बन्धमा एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रुसले गत फेब्रुअरी मा युद्ध शुरु गरेपछि युक्रेनबाट निर्यात हुँदै आएको दशौं लाख टन खाद्यान्न युक्रेनमै रोकिएको छ ।

युक्रेनी अन्न रोकिएपछि विश्वभर खाद्यान्न अभाव र भोकमरीको जोखिम बढेको छ । यद्यपि किभले मस्कोसँग प्रत्यक्ष सम्झौता गर्न अस्वीकार गरेको छ ।

साथै उत्तेजनालाई तत्काल सैन्य प्रतिक्रिया मार्फत् सम्बोधन गर्ने भन्दै चेतावनी समेत दिएको छ । इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा दुवै पक्ष सहभागी भए पनि एउटै टेबलमा बसेका थिएनन् ।

सम्झौता पत्रमा रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले पहिले हस्ताक्षर गर्नुभयो । त्यसपछि युक्रेनी पूर्वाधार मन्त्री अलेक्जेन्डर कुब्राकोभले किभको तर्फबाट हस्ताक्षर गर्नुभयो । यो सम्झौतामा पुग्न १ सय २० दिन लागेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.