नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

साविक विजेता नेदरल्याण्ड्स महिला युरोकप २०२२ को क्‍वाटरफाइनलबाटै बाहिरिएको छ । आज बिहान सम्पन्न युरोकपको अन्तिम क्‍वाटरफाइनलमा नेदरल्याण्डस् फ्रान्ससँग ०-१ गोल अन्तरले पराजित हुँदै युरोकपबाटै बाहिरिएको हो ।

समूह उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको फ्रान्सले भने एक दशकपछि क्‍वाटरफाइनलको यात्रा तय गर्दै सेमिफाइनलमा पुगेको छ । न्युयोर्क स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक रह्‍यो ।

निर्धारित ९० मिनेटसम्म पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०२औं मिनेटमा नेदरल्याण्ड्सको डि-बक्स भित्र भएको ह्‍यान्डलाई भीएआरले पेनाल्टी दिएपछि फ्रान्सले सुन्दर मौका पाएको थियो ।

फ्रान्सले पाएको पेनाल्टीलाई इभ पेरिसेटले गोलमा परिणत गर्दै एक दशकपछि फ्रान्सलाई ऐतिहासिक जीत दिलाएकी दिइन् । आजको खेलसँगै महिला युरोकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

अब फ्रान्सले जर्मनीसँग र आयोजक राष्ट्र इङ्ल्याण्डले स्वीडेनसँग समेफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनल खेल इङ्ल्याण्ड र स्वीडेनबीच जुलाई २७ मा खेलिंदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.