अबैध सामाग्रीसहित १ जना पक्राउ

दार्चुला- दार्चुलामा कस्तुरीको विना र यार्सागुम्बासहित एक जना पक्राउ परेक छन ।

पक्राउ पर्नेमा जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेराका ३३ वर्षीय कम्मान सिंह विष्ट रहेका छन् । विष्टको साथबाट प्रहरीले १ किलो ६ सय ग्राम यार्सागुम्बा र कस्तुरीको विना जस्तो देखिने वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गाहामगरले जानकारी दिनुभयो ।

प्रहरीले गोप्य सूचनाको आधारमा दार्चुलाबाट महेन्द्रनगरतर्फ गइरहेको बसलाई महाकाली नगरपालिका–८ असिगडामा रोकेर खानतलासी गर्दा यार्सा र कस्तुरीको विना फेला पारेको हो । विष्टसँग छुटपूर्जीसमेत नदेखिएकाले यार्सा बरामद गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.