क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान

काठमाडौं- नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ ।

आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवर्द्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.