सत्ता साझेदार दलहरुको बैठक : मंसिर ४ गते निर्वाचन गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा निर्वाचनको तयारी र मितिका बारेमा छलफल भएको हो ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन र त्यसमा हुनसक्ने तालमेलका बारेमा छलफल भएको र निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बिषयमा सहमति भएको जानकारी दिनुभयो ।

गठबन्धनको बैठक शुक्रबार बिहान पुन: बस्ने र निर्वाचनका बिषयमा निष्कर्षमा पुगिने नेता कार्कीले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गर्ने निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको र दलका नेताहरूले आ–आफ्ना दलमा छलफल गरेर निर्णय दिने भन्नुभएको थियो ।

त्यस्तै बैठकमा निर्वाचनको मिति घोषणा गरेपछि संसदको अधिवेशन के गर्ने भन्ने बिषयमा पनि छलफल भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.