इन्जिनमा धूँवा आएपछि श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण (भिडियोसहित)

काठमाडौं– इन्जिनमा धूँवा आएपछि श्री एयरलाइन्सको विमान नेपालगन्जमा आपतकालिन अवतरण गरिएको छ ।

स्टेशन इञ्चार्ज पर्शुराम चौधरीका अनुसार श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्जबाट काठमाडौंका लागि उडेको विमानमा सात मिनेटमै समस्या आएको थियो । ‘सामान्य प्राविधिक समस्या हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘अहिले ठीक भइसकेको छ ।’

जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.