सडकै नभएको ठाउँमा मोटरेबल पुल बनाएको भन्दै चर्को आलोचना

गोरखा- गोरखाको दरौँदी नदीमा सडकनै नभएको ठाउँमा मोटरेबल पुल बनेको भन्दै जताततै चर्चा छ । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले सडक नभएको ठाउँमा पुल बनाएको भन्दै आलोचना भईरहेको छ ।

बस्नेतले आफ्नो घरगाउँ नजिकै उक्त पुल बनाउन मन्त्री भएका बेला बजेट बिनियोजन गरेका गर्नुभएको थियो । गण्डकी प्रदेशका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हुँदा आफ्नै बेंशीको खेतमा सो पुल निर्माण गरेका स्थानीयबासीको आरोप छ । मन्त्रालयको पाँच करोड उनान्चालीस लाख असी हजार रुपैयाँको लागतमा सो पुल बनेको हो ।

५० मिटर लामो सो पुल निर्माणका लागि एचटिसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठमा ठेक्का सम्झौता गरी काम सुरु गरेको सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिनुभयो । गत जेठ १२ गतेभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि पुल निर्माणको सबै काम भइसकेको छैन ।

सरसल्लाह नगरी पुल बनाउँदा अब सडक कहाँबाट खन्ने भन्ने अन्यौलता बढेको स्थानीय बताउँछन् । सर्वपक्षीय भेला गरी समिति बनाएर मात्र काम थाल्नुपर्नेमा मन्त्रीको एकल निर्णयमा काम भएको भन्दै स्थानीय आक्रोशित छन् ।

पूर्वमन्त्री बस्नेतको घलाङस्थित घरबाट खेतसम्म लैजाने गरी तीनबर्षअघि नै कच्ची सडक निर्माण गर्न सुरु भएको थियो तर सडक दरौँदीसम्म आइपुगेको छैन ।

पुल एकातिर, रोड अर्कातिर छ । अब वारिपट्टिको कुरा गर्ने हो भने यहाँ रोड कता खन्ने हो थाहा पत्तो छैन । यदि पुलको मुखको खेतमा किसानले रोड बनाउन दिएनन् भने यो पुलको हालत के होला भन्ने चर्चा भएको छ । कार्यालयले भने तत्काल उक्त पुल भएर सवारी साधन चल्ने अवस्था नरहेको, दुबैतर्फ बाटो बनाउने काम बाँकी रहेको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.