लमजुङ जिल्ला अस्पताल सञ्चालन सम्वन्धी सम्झौता खारेज

लमजुङ– गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल आफैले सञ्चालन गर्ने भएको छ । जिल्ला अस्पताल सञ्चालनका विषयमा यसअघि मानव विकास तथा सामुदायिक सेवा नामक गैर सरकारी संस्थासँगको सम्झौता खारेज गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता खारेजी गर्ने मन्त्रिपरिषदको निर्णय बमोजिम अस्पताल हस्तान्तरणको प्रक्रिया सुरु गर्न एचडिसिएसलाई परिपत्र गरेको छ । सम्झौता भंग गर्ने निर्णय गरेसँगै तीन महिना भित्र अस्पतालको चल अचल सम्पति प्रदेश सरकारलाई हस्तान्तरण गर्न परिपत्र गरेको हो ।

अस्पतालको विषयमा विविध टिप्पणी सहित समय अगावै सम्झौता खारेज गरीएको पत्रमा उल्लेख छ । मन्त्रालयबाट पठाइएको पत्रानुसार स्वास्थ्य सेवा जस्तो नागरिकको आधारभूत आवश्यकताको क्षेत्रमा सरकार आफैंले जिम्मेबारी बहन गर्नुपर्ने, अस्पतालले दिँदै आएको सेवाबाट नागरिक सन्तुष्ट हुन नसकेको, अस्पतालको सेवा सुविधा महँगो भएको जन गुनासो, अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन प्राप्त नगरेको जस्ता विषयलाई टिप्पडी गरिएको छ ।

प्रदेश सरकार अन्तर्गत तत्कालिन सामाजिक विकास मन्त्रालय र मानव विकास तथा सामुदायिक सेवाबीच अस्पताल व्यवस्थापन र सञ्चालनका विषयमा २०७७ कार्तिक २७ गते सम्झौता भएको थियो । हाल उक्त सम्झौता भंग गरी हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहनेगरी ५० शैयाको जिल्ला अस्पतालको रुपमा सञ्चालन गर्ने परिपत्रमा उल्लेख छ ।

प्रदेश सरकार अन्तर्गत तत्कालिन सामाजिक विकास मन्त्रालय र मानव विकास तथा सामुदायिक सेवा विच अस्पताल व्यवस्थापन र सञ्चालनका विषयमा २०७७ कार्तिक २७ गते सम्झौता भएको थियो । हाल उक्त सम्झौता भंग गरी हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहनेगरी ५० शैयाको जिल्ला अस्पतालको रुपमा सञ्चालन गर्ने परिपत्रमा उल्लेख छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल २०५८ सालमा एचडीसिएसले व्यवस्थापन जिम्मा लिई सामूदायिक अस्पतालको रुपमा सञ्चालन गरको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको माताहतमा आएको सो अस्पताल थप पाँच वर्षका लागि पुन सोहि संस्थाले सञ्चालन गर्नेगरी सम्झौता भएको थियो । पछिल्लो पटक भएको सम्झौता अनुसार २०८१ साल सम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.