सर्वोच्चमा शुक्रबार पनि पूरा समय सेवा

काठमाडौं– पुराना मुद्दाको सुनुवाई गर्नका लागि सर्वोच्च अदालतले शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले अदालतले हिजो देखि पूरा समय सेवा दिन थालेको हो । यसअघि शुक्रवार ३ बजेसम्म मात्र अदालत खुला रहने गरेको थियो । यो सँगै सर्वोच्च अदालतमा अबदेखि न्यायाधीश र कर्मचारी सबैले शुक्रबार पूरा समय काम गर्नुपर्ने छ ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्णबैठक (फूलकोर्ट) ले शुक्रवार पनि पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतमा पाँच वर्ष नाघेका मुद्दाको संख्या चारहजार ८१९ भन्दा बढी र दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार ६ सय भन्दा बढी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.