भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्दार गरेको छ ।

सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उद्दार गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.