सप्तकोशीमा जोखिम अझै टरेन

तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह

काठमाडौं– सप्तकोशी र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान मशाहाखाका अनुसार आज र भोलि सप्तकोशी तथा यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने छ । यही साउन १७ गते सप्तकोशीको भंगालो वस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका करिब २० हजार नागरिक प्रभावित भएका थिए । यसैगरी सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ कञ्चनपुर र यी जिल्ला आसपास भई बग्ने नदीहरुमा पनि वहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको जलसतह पनि बढ्ने पूर्वानुमान छ । यद्यपि यी नदीहरुको जल सतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान विभागले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.