सप्तकोशी पीडित अझै घर फर्कन सकेनन्

उदयपुर– उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ ।

सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका स्थानीय अहिलेसम्म घर फर्कन सकेका छैनन् । दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसीको मूलधार बग्ने गरेको थियो ।

कुनै समयमा कोसी बग्ने ठाउँ अहिले मानिसका लागि जीविकोपार्जनको थलो बनेको छ । बेलका–२ सिर्जना टोल अहिले पनि जलमग्न रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.