इजराइल र प्लेस्टाइनबीच तीन दिनको हिंसात्मक संघर्षपछि युद्ध विराम

इजराइल र प्लेस्टाइनबीच तीन दिनको हिंसात्मक संघर्षपछि युद्ध विराम भएको छ ।

युद्ध विरामका लागि इजिप्टका मध्यस्थकर्ताले दुबैपक्षसँग वार्ता गरेका थिए । प्लेस्टायन स्लामिक जिहादका लडाकुहरुले स्थानीय समयअनुसार राति साडे ११ बजेबाट युद्ध विराम लागू भएको बताएका छन् । इजराइली प्रधानमन्त्री याइर लापिडको कार्यालयले युद्ध विराम भएको पुष्टि गरेको छ ।

इजराइल र प्लेस्टाइन बीच गाजापट्टीमा हालै भएको संघर्ष सन् २०२१ पछिको सबैभन्दा गम्भीर द्वन्द भएको विश्लेषकहरुले बताएका छन् । गाजापट्टीमा तीन दिन भएको संघर्षका क्रममा ४३ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । कयौं मानिस घाइते समेत भएका छन् । युद्ध विराम हुनु अघिसम्म दुबैपक्षबाट रकेट आक्रमण भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.