काम सुरु गर्दै सत्ता गठबन्धन कार्यदल

काठमाडौं– आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको कार्यदल सदस्य जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले जानकारी दिनुभयो । बैठकले सिट बाँडफाँटको मोडालिटी तयार गर्ने उहाँको भनाइ छ ।

दुई दिनअघि बसेको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.