केही नेता चुनाव जित्नका लागि मात्रै गठबन्धन होइन : सञ्चारमन्त्री कार्की

काभ्रे– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व भएका बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले आगामी मंसिर ४ गते घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष हुने भन्दै मतदाताहरु निर्भयतापूर्वक सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जग बलियो बनाएको भन्दै मन्त्री कार्कीले आगामी निर्वाचनले विकास र समृद्धिको चाहना पुरा गर्र्ने बताउनुभयो । उहाँले गठबन्धन मुलुकको आवश्यकता भएको भन्दै कोही नेताले निर्वाचन जित्नको लागि भन्दा पनि स्थिरता र समृद्धिको लागि गठबन्धन गरिने तर्क गर्नुभयो ।

प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा लगायतका पदाधिकारीहरु प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति रहनुभएका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.