सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

भोजपुर- कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।

गाउँपालिकाले हिजोदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हिजोसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.