राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्नः दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने दाबी गर्नुभएको छ ।

जापान भ्रमणबाट फर्केपछि बुधबार सञ्चारकर्मीसँग त्रिभूवन अन्त्रराष्ट्रिय विमानस्थलमा कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने दाबी गर्नुभएको हो । ‘मैले हिजै पनि जापानमा पत्रकारहरुसित भनेको थिएँ, राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न,’ उहाँको भनाइ थियो, ‘ढिलो हुनुहुँदैनथ्यो ।’

दाहालले सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता नगर्ने बताउनुभएको थियो ।

संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छैन ।

संसद् सचिवालयले पठाएको विधेयक राष्ट्रपतिलाई १५दिनभित्र प्रमाणीकरण गर्नुपर्ने समयसीमा हुन्छ । १५ दिनभित्र प्रमाणीकरण नगरे एकपटक पुनर्विचारका लागि संसदमै फर्काउन सक्ने सुविधा संविधानले राष्ट्रपतिलाई दिएको छ । तर, संसद्को दुवै सदनले पारित गरेर पुनः पठाएमा रोक्ने वा पुनः फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.