प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीका तर्फबाट उम्मेदवारलाई टिकट दिने जिम्मेवारी सभापति देउवालाई दिएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय गरेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो ।

बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको सहमहामन्त्री आङदेम्बेले जानकारी दिनुभयो ।

कांग्रेसले पार्टीको राष्ट्रव्यापी चुनाव केन्द्रित अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने तय गरेको छ । यसअघि उक्त अभियान भदौ २ गतेदेखि सुरु गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.