कांग्रेसका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहमा पर्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि आजबाट विशेष प्रशिक्षण सुरु गर्दैछ।

जनप्रतिनिधिहरुको लागि आयोजित प्रशिक्षण कार्यक्रम आजबाट सुरु हुने कांग्रेस मुख्यालयले जनाएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो । सोमबार र मंगलबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको पर्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको हेरिटेज गार्डेनमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

स्थानीय सरकार सञ्चालन लगायतका विषयमा प्रशिक्षण केन्द्रित हुने बताइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँरनगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्। कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.