नेपाल पनि दुई दलीय व्यवस्थाको अभ्यासमा : सहरी विकास मन्त्री

पाल्पा– सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालमा पनि दुई दलीय व्यवस्थाको अभ्यासन भइरहेको बताउनुभएको छ ।

पत्रकार महासंघ पाल्पा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले विगतमा एक्लै चुनाव लड्ने अभ्यासमा परिवर्तन हुन थालेको बताउनुभयो । उहाँले ठूला देशहरुमा रहेको दुई दलीय व्यवस्थालाई नेपालका राजनीतिक दलहरुले पनि अभ्यासमा ल्याएको उल्लेख गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए । आगामी निर्वाचनमा हालको सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनको कसरतमा छन् ।

चौधरीले आफ्नो अस्तित्व रक्षाका लागि पनि मिलेर चुनावमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले अझै ५–१० वर्ष गठबन्धनको अभ्यास हुने अनुमानसमेत गर्नुभयो ।

एक अर्को प्रसंगमा मन्त्री चौधरीले पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.