माओवादीमा पदाधिकारी टुङ्गो लगाउने गृहकार्य

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बुधबार दिउँसो बसेको स्थायी समितिको बैठक सकिएको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको पदाधिकारी टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थायी कमिटीको बैठक बस्यो, संगठन सम्बन्धी एउटा एजेण्डामा केन्द्रित भयौँ । केन्द्रीय कमिटीपछि टुङ्ग्याउनुपर्ने केही विषय थिए । पदाधिकारी टुङ्ग्याउनुपर्ने विषयमा करिब करिब टुङ्गोमा पुगेका छौँ।”

बैठकमा केन्द्रीय कमिटी, पोलिट्ब्यूरो र स्थायी कमिटीमा थप्नुपर्ने सदस्यहरुको विषयमा विस्तृत छलफल भएको उहाँले बताउनुभयो । उहाँले यी विषयमा अन्तिम टुङ्गो लाग्ने गरी माओवादी केन्द्रको स्थायी समितिको बैठक भोलि बिहीबार बिहान ८ बजे पुनः बस्ने बताउनुभयो ।

माओवादी केन्द्रको गत पुसमा आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएको थियो । तर, पदाधिकारी चयन हुन नसक्दा यस सम्बन्धमा माओवादी केन्द्रमा निरन्तर छलफल हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.