काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति

काठमाडौं- बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा विसर्जनमा हुँदै आइरहेको बारम्बारको अवरोध हटाउन सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

हिजो काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधि तथा काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको बैठकमा बन्चरे डाँडाको अवरोध अन्त्य गर्न चार बुँदे सहमति भएको हो ।

काठमाडौँ महानगरका फोहोर व्यवस्थापन सल्लाहकार सुनिल लम्सालले फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बन्चरे डाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको जानकारी दिनुभयो ।

सहमतिपछि अब फोहोर व्यवस्थापन थप सहज हुँदै जाने उहाँको दाबी छ । यसै गरी गत जेठ ६ गते भएको सहमति कार्यान्वयन गर्दै फोहोर व्यवस्थापनमा अहिले देखिएका अवरोध अन्त्य गर्दै जाने सहमती भएको पनि भएको छ ।

यसअघि भदौ १ देखि फोहोर फाल्न नदिने भनी धुनिबेँसी नगरपालिकास्थित नेपाली कांग्रेस, नेकपा (माओ वादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का स्थानीय सङ्गठनका प्रमुखहरूद्वारा जारी विज्ञप्तिसमेत अगाडि नबढाइने सहमति पनि बैठकमा गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.