सत्ता गठबन्धन निरन्तर छलफलमा

काठमाडौं– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल लगायतका विषयमा सत्ता गठबन्धन निरन्तर छलफलमा जुटेको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेर तालमेल गृहकार्य गरिरहेको गठबन्धनका शीर्ष नेताहरुबीच बिहीबार पनि छलफल भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

कार्यदलको बुधबार बसेको बैठकले शीर्षस्थ नेतासँग छलफल गरेर सिट बाँडफाँटमा टुङ्गो लगाउने सहमति जुटेको थियो ।

बैठकमा कार्यदलमा भएको गृहकार्य शीर्ष नेताहरुलाई बुझाउने निर्णय भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.