संसदमा लामो समय अनुपस्थित हुने सांसदको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं– संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।

संसद बैठकमा लामो समय अनुपस्थित हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी र कर्मा घले हुनुहुन्छ ।

यसैगरी, सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत, विनोद कुमार चौधरी र नागेन्द्र कुमार लामो समय बैठकमा अनुपस्थित हुने सूचीमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.